वैदेशिक रोजगारबाट घर फर्केकाहरुको गोदावरी नगरपालिकाले तथ्याङ्क सङकलन गरिदै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन गरिने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलन गर्न लागेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा पुनः एकीकरणका कार्यक्रमका लागि पत्राचार गरे बमोजिम गोदावरी नगरपालिकाले प्रत्येक वडामार्फत तथ्याङ्क संकलन गर्ने जनाएको छ ।

मन्त्रालयको पत्राचार बमोजिम गोदावरीका १२ वटै वडामा पत्राचार गरिएको नगरपालिकाको आर्थिक विकास अधिकृत लोक बहादुर खड्काले बताएका छन । उनले रोजगारीबाट फर्केकाहरुको तथ्याङ्क संकलन गर्न वडाहरुमा तथ्याङ्क संकलन फारम पनि पठाइएको बताएका छन ।

 

मन्त्रालय स्थानीय तहलाई पठाएको पत्रमा तथ्याङ्क संकलन पछि वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम ( सञ्चालन तथा व्यवस्थापन निर्देशिका) २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

Loading...