धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भोलीका आक्रषणको रुपमा बद्री पंगेनी, राधीका हमाल ,अछामी बड्डो र टेक बोगटी आउदै

धनगढी: धनगढीमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा भोली पौष २ गते शनिबारका दिन लोक प्रीय एव् जनप्रिय गायक बद्री पंगेनी ,लोक तथा दोहोरी गायीका राधीका हमाल , सुदूरपश्चिमेली चर्चित गायक देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) , देउडा गायक टेक बोगटी , गायिका तथा उदघोषिका शितल शर्मा को प्रस्तुती रहने छ ।

 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको आज लोक प्रीय गायक खुमन अधिकारी, सुदूरपश्चिमेली चर्चित गायक चक्र बमको बेजोड प्रस्तुती रहको कुरा कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए ।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस ५ गतेसम्म हुनेछ ।

 

 

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

Loading...