कैलालीको अत्तरियामा जेसीज सप्ताह समापन तथा पुरस्कर वितरणकार्यक्रम सम्पन्न


अत्तरिया: कैलालीको अत्तरियामा जेसीज सप्ताह समापन तथा पुरस्कर वितरणकार्यक्रम सम्पन्न भएको छ । अत्तरिया जेसिज बर्ष २०२२ तथा अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनामा मङ्सिर २४गते बाट सुरु भयको जेसीज सप्ताह आज समापन भएको हो ।


अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतको सभापतित्वमा आयोजित जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा गोदावरी नगरपालिका की नगर उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकि थिइन् । कार्यक्रममा जेसिज बर्ष २०१५ का अध्यक्ष भरत खड्का, जेसिस बर्ष २०१८ का अध्यक्ष कमल कडायत, जेसिज बर्ष २०२१ का अध्यक्ष पदमराज ओझा युवा नेता लोक राज पाण्डे आगो लगायतको उपस्थिति रहेको थियो । जेसीज सप्ताह अन्र्तगत पहिलोदिन वडा नम्बर २ मा क्रिकेट प्रतियोगीता सम्पन्न गरेको र सप्ताहव्यापी कार्यक्रमका दिँदै २५ गते अत्तरियाकै सत्यवती एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना समापन गरेको कार्यक्रमका मुल समिति संयोजक प्रदिप खड्काले बताए



यस्तै २६ गते गोदावरी–९ मा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना २७ गते गेटा स्थित सिद्धबाबा मा वि र अत्तरिया स्थित सुदुरपश्चिम माबिमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना समापन गरेको उनले बताए । त्यस्तै २८ गते दुर्गालक्ष्मी नमुना माबिमा लागुऔषध सम्बन्धि जनचेतना मुलक कार्यक्रमको गरिएका थियोे । २९ गते बन्देवी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको अत्तरिया जुनियर जेसिज अध्यक्ष लोक राज ओझेले बताए छन




