बैतडीमा पत्रकार-कर्मचारी मैत्रीपूर्ण क्रिकेटमा कर्मचारी विजयी

बैतडी: नेपाल पत्रकार महासंघ शाखा बैतडीको आयोजनामा सम्पन्न पत्रकार-कर्मचारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको छ । निंगलाशैनी खेलमैदान देहिमाडाैंमा शनिबार सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारी ११ को टोली ८ विकेटले विजयी भएको हो ।

टस जितेर क्याटिङ गरेको पत्रकार ११ को टोलीले १४ ओभरमा सबै विकेट गुमाउदै ११६ रन बनायो । जसमा गोविन्द नाथले ३९ तथा मंगेस दयालले ३१ रन बनाए । कर्मचारीका किरन चन्दले ४ विकेट लिए । ११७ रनको विजयी लक्ष पन्छ्याएको कर्मचारीको टोलीले ८.३ ओभरमा लक्ष्य भेट्टायाे । उसका कप्तान राम चन्दले ८२ रनको अर्धसतकीय पारी खेले । पत्रकार टोलीका कप्तान विनोद सिंह बिष्टले १ विकेट लिए ।
विजेता र उपविजेता टाेलीले ट्रफी,मेडल र प्रमाणपत्र पाए ।


प्रतियोगिताका म्यान अफ द म्याच पत्रकारका गाेविन्द नाथ चुनिए भने बेस्ट ब्याट्सम्यान कर्मचारीका कप्तान राम चन्द र बलर कर्मचारीकै किरन चन्द चुनिए ।

उक्त प्रतियाेगिताकाे उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गरे । समापन समाराेहमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेन्द्र अवस्थी,दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्द,पत्रकार महासंघ बैतडीका अध्यक्ष खगेन्द्र अवस्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

पत्रकार महासंघ बैतडीकाे १४ औ साधारणसभाकाे पुर्वसन्ध्यामा मैत्रीपूर्ण क्रिकेटकाे आयाेजना गरिएकाे हाे । प्रतियोगिताकाे मुख्य प्रायाेजक ग्वाल्लेक निर्माण सेवा रहेकाे थियाे ।

Loading...