चुनावका कारण बन्द रहेको जग्गा नापी काम गोदावरी नगरपालिका -३ मा आज देखि सुरु

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा जग्गानापिको काम सुरु भएको छ । भरखरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण रोकिएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुका लागी जग्गा नापिको काम पुनः सुरु भएको हो ।
May be an image of 8 people, people standing, tree and outdoors
नगरपालिकाले निर्वाचन लगत्तै नगरका सबै वडाहरुमा जग्गानापिको काम सुरु गरिरहेको छ । केही दिन अघिमात्रै वडा नं. ४ मा पनि नगरपालिकाले जग्गा नापिको काम सुरु गरेको थियो । नगरका वडा नं. १,२ र ५ मा निर्वाचन अघि नै नापिको काम सुरु भैसकेपनि निर्वाचनको आचारसंहिताका कारणमा अन्य वडाहरुमा नापिको काम सुरु हुन सकेको थिएन । वडा नं. ३ मा जग्गा नापिको काम सुरु गर्दै नगरप्रमुख विरेन्द्र भट्टले निर्वाचनका समयमा जग्गा नापिको कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेअनुरुप सबै वडाहरुमा नापिको काम सुभारम्भ गरिरहेको बताए ।

जग्गाको नापि टोलीले केही समय भित्र नै नगरका सबै वडाहरुमा जग्गानापजाँचको काम सक्ने बताउदै उनले उक्त काममा टोलीलाई सहयोग गर्न वडाबासीलाई आग्रह गरे । ‘मैले यहाँहरुलाई निर्वाचनको समयमा बचन दिएको थिए, सो अनुसार नापिको काम आईसकेको छ’ उनले भने ‘अबको केही समयभित्र तपाईहरुको हातमा लालपुर्जा हुुनेछ, त्यसका लागी तपाईहरुले पनि नापि टोलीलाई सहयोग गर्नुहोला ।’

उनले विकास निर्माणका अन्य कामहरुका साथसाथै पहिलो प्राथमिकतामा रहेको लालपुर्जा वितरणका लागी नापिको काम सुरु गरेको बताए । उनले जग्गानापिको समयमा बाटो छोडेर मात्रै नापिको काम गर्न आग्रह गरे । ‘विकासको सुरुवात सडक बाट हुन्छ, आवत जावत गर्नलाई बाटो आवश्यक पर्छ’ उनले भने ‘त्यसैले मेरो तपाईहरुलाई अनुरोध छ, बाटोको लागी ठाउँ छाडेर मात्रै नापिको काम गर्नुहोला ।’

यस्तै वडाध्यक्ष तेजराज अवस्थीले जग्गानापको कार्यका लागी खटिएका प्राविधिकको टोलीलाई वडाबाट हरकिसिमको सहयोग रहने बताए । उनले पनि बाटो विकासको कडि भएकाले बाटोका लागी ठाउँ छाडेर मात्रै नापिको काम गर्न आग्रह गरे ।

Loading...