के कमला घिमिरेले १० लाखको दोहोरी गाउनु गलत हो ? शिशिर भण्डारीले अहिलेसम्मकै कडा जवाफ दिए (भिडियो हेर्नुस)
बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहारीको विषय पछिल्लो केही दिन एता चर्चामा रहेको छन् । गीतलाई कतिले प्रशंसा गरे भने कतिले पीडितलाई थप पीडाथप्ने खालको भएको भन्दै आलोचना गरे । गीत विवादास्पद र आलोचित बनेपछि बाल गायिका घिमिरेले फेसबुकमार्फत बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह समेत गरिसकेकी छन् ।यद्यपि, उक्त दोहोरीलाई लिएर हुने तर्क-वितर्कहरु सेलाएको छैन ।यसै सन्दर्भमा चर्चित लोकगायक बद्री पंगेनीले दोहोरीमा त्यसप्रकारको विषय बनाउनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।


‘जुन विषय बनाएर गाइयो, त्यो गलत थियो ।चोट भोग्नेहरूले भोगिरहेको छ त्यसमाथि फेरि नुन–खुर्सानी छर्किनुपर्ने कारण छैन । अरु थुप्रै विषयहरू छन् त दोहोरी गाउन’, पंगेनीले भनेका छन्,‘जसले त्यो विषय बनाएर गाउन लगाउनुभयो,उहाँहरुले गलत गर्नुभयो भन्छु ।’ यस बिषयमा कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी पनि बोलेका छन् । शिशिर भण्डारीले कडा रुपमा आफ्नो भनाई राख्दै यस्तो भने । भिडियो हेर्नुस





