कैलालीको अत्तरियामा गोली चल्यो, सुटर फरार, घाईतेको मायामेट्रोमा उपचार हुदै
अत्तरिया: कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियामा सुन व्यवसाय संचालन गर्ने घोडाघोडी नगरपालिका – १ का २८ बर्षीय विकाश सुनार माथी गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका उनीमाथि अत्तरियायाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको हो ।


उनीमाथि अत्तरियाबाट पुर्वी दिसा तर्फ गइरहेको मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको स्थानीयले बताएका छन ।
गौतमको हातमा गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनका बुवा एलबी सुनारले जानकारी दिएका छन ।




गोली प्रहार पछि सुटरले गोतमसंग भएको व्याग लगेर फरार भएको स्थानीय प्रत्यक्षदर्शी हेमराज जोशीले बताए ।


अहिले प्रहरी घटनास्थलमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गोली चलाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन । उनले घाइतेको अवस्था सामान्य रहेको बताए ।

