धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा भोलीका आक्रषणको रुपमा निसान भट्टराई र शान्ति श्री परियार आउदै

धनगढी: धनगढीमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा भोली पौष ४ गते सोमबारका दिन गायक निसान भट्टराई र शान्ति श्री परियार लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने छ ।

 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको लोक प्रीय एव् जनप्रिय लोक देहरी गायक कृष्ण कडेल सँगै ईन्देणी टिम सहित, हास्य कलाकार सुबोध गौतम, देउडा गायक महेश कुमार आउजी , गायिका एलीना चौहान, श्री राम अधिकारी,लोक दोहरी गायक छत्र शाही, दोहरी गायक युबराज चौलागाईं , मनमाया वाईबा, कृष्णा बजगाई, भुमिका बयक लगायतको बेजोड प्रस्तुती रहको कुरा कैलाली उद्योग वाणिज्य संघका प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए ।

 

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस ५ गतेसम्म हुनेछ ।

 

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

 

Loading...