नेपालकै चर्चित ब्याण्ड नेपथ्यको गीतमा धनगढी झुम्यो !
धनगढी : नेपालकै चर्चित ब्याण्ड नेपथ्यको गीतमा धनगढी झुमेको छ । मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोष निर्माण सहयोगार्थ आइतबार साझ करिव दुई घण्टा नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गरिएको थियो।


साझको समय धनगढी चिसो मौसम भएपनि नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङको प्रस्तुतिले धनगढीको रंगशाला भने तताएका थिए । कन्सर्टमा सहभागी भएकाहरुले अमृत गुरुङको गीतमा झुमेर नाचेका छन् । गुरुङले करिब डेढ दर्जन आफ्ना चर्चित गीतहरु गाएर धनगढीका दर्शक स्रोतालाई नचाए ।उनको प्रस्तुतीमा दर्शक स्रोताले गाउँदै, नाँच्दै, ताली बजाएर साथ दिएका थिए ।




मानव सेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनार्थ मानवताका लागि नेपालका प्रमुख १० सहरहरूमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको छ । यसअघि नेपालगन्ज, विराटनगर, वीरगञ्ज, हेटौंडा र भरतपुरमा कन्सर्ट गरिसकेको छ ।


