कोलम्बियाका अफशिन इस्माइल विश्वकै सबैभन्दा होचो कदका पुरुष, कति छ त उनको उचाई ?

काठमाडौँ : कोलम्बियाका २० वर्षका अफशिन इस्माइल घादेरजादेह विश्वका होचा ब्यक्ति बनेका छन् । जम्मा २.१ इन्च छ भने शरीरको वजन साढे ६ केजी मात्रै तौल भएका उनी रहेका उनी इरानी नागरिक हुन् ।

मोबाइल जस्ता स-साना चिज पनि प्रयोग गर्न पनि नसक्ने अफशिन इस्माइल विश्वकै सबैभन्दा होचो कदका पुरुष बनेसँगै अहिले उनी संसारभरका मिडियाका हेडलाइन बनेका छन् । उनको शरीर यतिधेरै कमजोर छ कि उनले सानो काम पनि आँफै गर्न सक्दैनन् ।

अफसिन जन्मिदा उनको वजन जम्मा ७ सय ग्राम थियो । इरानको पश्चिमी अजरबेजान प्रान्तस्थित बुकान काउन्टीमा बस्ने अफसिनले यसअघिका विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानधारी कोलम्बियाका इडवार्ड निनो हर्नान्डेजको कीर्तिमान भंग गरेका हुन् ।

 

२.१ इन्च छ उचाईका अफशिनले ३७ वर्षका निनोलाई उछिन्दै संसारकै होचा ब्यक्तिको रुपमा परिचय बनाउन सफल भएका हुन् ।

Loading...