मेस्सीलाई पछि पार्दै ह्याट्रिक गोल सहित फ्रान्सका एमबाप्पेले पाए गोल्डेन बुट

फ्रान्सका फरवार्ड केलियन एमबाप्पे कतारमा सम्पन्न विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

 

 

एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्न सफल भएका थिए । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको आजको फाइनलमा ह्याट्रिक पुरा गरेका थिए ।

Loading...