विश्वकप फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा अर्को किर्तीमान, धेरै मिनेट खेल्ने खेलाडीको कीर्तिमान समेत मेसीको नाममा

काठमाडौँ: अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा अर्को किर्तीमान थपिएको छ । आजको खेलसँगै मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्। मेसीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

 

मेसीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान आफ्नो नाममा राखेका हुन् । मेस्सीको यो विश्वकपमा २६ औं खेल हो ।

 

विश्वकपमा इटालियन पूर्व डिफेन्डर पाओलो माल्दिनीको विश्वकपमा २,२१६ मिनेटको खेललाई उछिनेर किर्तीनी बनाएका ३५ वर्षीय मेसी विश्वकपको हरेक राउण्डमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

 

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि मेसीले २३ औं मिनेटमा गोल गर्दै हरेक राउण्डमा गोल गर्न सफल खेलाडी बनन सफल भएका छन् ।

 

फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे । यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका हुन् । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

Loading...