बैतडीमा मृत भेटिएका शिक्षक बिष्टको न्यायका लागि विद्यार्थी आन्दोलित
बैतडी: जिल्लाको पाटन नगरपालिका ०६ स्थित कृष्ण मा.वि.मा कार्यरत शिक्षक धन बहादुर बिष्टको हत्या गरिएको आसंका भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन्।


बिद्यार्थीहरुले बिहान १० बजे देखि करिब एक घण्टा जति कृष्ण माबिको छात्रावास देखि पाटन बजार क्षेत्र, प्रहरी प्रशासन हुदै नगर पालिकाको कार्यालय सम्म शान्ति पूर्ण र्याली लगाएका छन्।मृत भेटिएका शिक्षक धन बहादुर बिष्टको हत्या गरिएको र उनलाई घटनाको सत्यतथ्य छानबिन गरि न्याय दिनुपर्ने माग राख्दै बिद्यार्थी आन्दोलित भएका हुन्|




भीमदत्त बहुप्रविधिक शिक्षालय ,पाटन बहुमुखी क्याम्पस र कृष्ण मा.वि.का विद्यार्थीहरुले शान्तिपुर्ण संयुक्त र्याली निकाल्दै घटनाको सत्यतथ्य छानबिन गरिनुपर्ने र शिक्षक बिष्टलाई न्याय दिलाईनु पर्ने माग राखेको बिद्यार्थी खेम राज अवस्थीले बताए।उनका अनुसार उक्त घटनामा स्थानीय सरकार मौन रहेको भन्दै नगरपालिकाको कार्यालय सम्म पुगि स्थानीय सरकारलाई खबरदारी समेत गरेको जनाए।


मृत शिक्षक धन बहादुर शनिबार दिउसो करिव १२ बजेतिर कृष्ण मा.बि.पाटनकै छात्रवासको पछाडि करिब ३० मिटर तल झाडीमा मृत अवस्थामा भेटिएका थिए।सुर्नया गाउँपालिका वडा नं-०२ ग्वानी घर भएका शिक्षक विष्ट लामो समय देखि कृष्ण माबिमा अध्यापन गराउदै आईरहेका थिए।

