गोर्खाबाट जितेर सांसद भएका प्रचण्ड गृह जिल्ला चितवन आएका ‘प्रचण्ड’लाई स्वागत गर्दै छोरी रेनु दाहाल

काठमाडौ: प्रतिनिधिसभा सदस्य पदमा गोरखाबाट निर्वाचित भएपछि पहिलो पटक सोमबार गृह जिल्ला चितवन आउनुभएका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै भरतपुर महानगरपालिकाका प्रमुख उहाँकी छोरी रेनु दाहाल ।
यो पनि : एकीकृत समाजवादीमा माधव नेपाल र जनमत पार्टीमा सीके राउत सर्वसम्मत दलको नेता चयन:एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन ।

यस्तै, सोमबार नै जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा।सिके राउत सर्वसम्मत चयन भएका छन् । दलको केन्द्रीय समिति बैठकपछि बसेको दलको बैठकले राउतलाई सर्वसम्मत नेता चयन गरेको हो । जनमत पार्टीबाट संसदमा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सबै पार्टी अहिले दलको नेता चयनमा लागेका छन् ।

Loading...