नेपाली स्वादमा ग्रिल चिकेन र ग्रिल माछाको स्वाद अब धनगढीमा

धनगढीमा स. परिवार र साथीहरूसँग बसेर पोलेको मासु खाने रहर धेरैलाई होला। तर यसका लागि दाउरा खोज्न र आगोको धुँवा खेप्नुको झन्झट उत्तिकै।

ग्राहकहरूको यही समस्या मध्यनजर गर्दै धनगढीमा ग्रिल धनगढी रेष्टुरेन्ट संञ्चालनमा आएको छ। नेपाली स्वादमा ग्रिल चिकेन र ग्रिल माछा को स्वाद दिने उदेश्यले धनगढी उपमहानगरपालिका वडा नम्बर २ एसपीए कलेज जानेबाटोमा आज देखि ग्रिल धनगढी रेष्टुरेन्टले सेवा दिन शुरु गरेको छ ।


धनगढीमा पहिलो पटक नेपाली स्वादमा ग्रिल चिकेन र ग्रिल माछा को स्वाद दिने उदेश्यले रेष्टुरेन्ट संचालनमा आएको रेष्टुरेन्ट संञ्चालिका मिनाक्षी सिंकले जानकारी दिएकी छन्।

अन्य रेस्टुरेन्टमा नपाएको नेपाली स्वाद पूरा गर्न धनगढीमा ग्रिल धनगढी संञ्चालनमा ल्याएको सञ्चालिका सिंहले बताईन। उनले काठमाण्डौको ग्रिल दरबारको परिकारका यता पनि दिन खोजेको उनले बताईन्।

No description available.

त्यस्तै ग्रिल धनगढीमा खाजा नास्तामा मम चाउमिन लगनयत फास्टफुडको पनि ब्यवस्था रहेको छ। करिब १५ लाखको लागतमा संञ्चालनमा आएको ग्रिल धनगढी लाई विस्तार विस्तार गरिने संञ्चालन सिंहको भनाई छ।

Loading...