कैलालीको गोदावरी नगरपालिकाले ढिलै भए पनि भोली बाट नदिजन्य पदार्थ बिक्री शुरु

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले यसपालीका लागि गोदावरी नगरपालिका क्षेत्र भित्र रहेका नदी खोलाबाट नदिजन्य पदार्थ बिक्री शुरु गर्ने भनि एक सूचना निकालेको छ ।

 

जस्मा पौष ५ गते मंगलबार सूर्योदय देखि सूर्यास्तसम्म मात्र नदिजन्य पदार्थ ढुवानी गर्न पाइने भनि जनता एव् ट्याक्टर गिट्टी ब्यावसायलाई सूचित गरेको छ । साथै नगरपालिकाले तोकेको समय अबधी भन्दा अन्य समयमा ढुंगा ,गिट्टी बालुवा ढुवानी गरेको पाईएमा सजाए समेत तोकेको छ ।

पढ्नुहोस नगरपालिकाले प्रकाशित गरेको सूचना जस्ताको तेस्तै ।

उपरोक्त सम्बन्धमा मिति २०७९/०९/०५ गते मंगलबार बिहान ८:०० बजेदेखि यस न.पा. क्षेत्रमा रहेका खुटिया, खैराना, गोदावरी नदीबाट नदिजन्य पदार्थ बिक्री कार्य शुरु हुने भएको व्यहोरा सरोकारवाला
सबैलाई जानकारी गराइन्छ ।

नदीजन्य पदार्थ ढुवानीकर्ताले देहाय बमोजिमको नियमको पालना गर्नुपर्नेछ :

१) सूर्योदय देखि सूर्यास्तसम्म मात्र नदिजन्य पदार्थ ढुवानी गर्न पाइनेछ ।

२) ढुवानीकर्ताले अनिवार्य रुपमा गोदावरी नगरपालिकालाई बिक्री शुल्क तिरेर मात्र नदिजन्य पदार्थ बोक्नुपर्नेछ ।

३) यदि गो.न.पा. को बिक्री शुल्क तिरेको रसिद नभएको नदिजन्य पदार्थ बोकेको गाडी दिनमा भेटिएमा रु.१०,०००/- (अक्षरुपी दश हजार मात्र) र रातीमा भेटिएमा रु.१५,०००/- (अक्षरुपी पन्ध्र हजार मात्र) जरिवाना गरिनेछ ।

 

 

Loading...