सिगास ९ मा अवस्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण गर्न युवाहरुको चाँसो
आर्थिक संकलन अभियान सुरु
बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ९ मा रहेको दोगाड मन्दिरको विकासमा युवाहरुले चाँसो देखाएका छन् । विशेष गरी सिगास गाउँपालिका बासी र अन्य जिल्ला बासीको आस्थाको धरोहर दोगाड मन्दिरको विकासमा युवाहरुले चाँसो देखाएका हुन् ।




आज सिगास ९ चाैखाम दाेगाड स्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माण कार्यका लागि दान पेटिकामा भक्तजनले चढाएकाे भेटी रकम रु.१३ हजार ४ सय ६०/- र चाैखाम मेलढुकुरी घर भई हाल पिथाैरागढ भारत स्थित प्रवासी चाैखाम समाजका अध्यक्ष समाजसेवी श्री दान सिह धामीकाे तर्फबाट रु.३२ हजार सहयोगमा उक्त अभियानकाे थालनी गरिएको रेज नेपालका अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिनुभएको छ ।


दोगाड मन्दिरको विकासमा कसैले चाँसो नदिएको र मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व गुम्न नदिने उद्देश्यले उक्त अभियान सुरु गरेको पनि अध्यक्ष बोहराले बताए।
साथै उनले सम्पूर्ण श्रदालु भक्तजनहरुलाई सक्दाे सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।
सिगास गाउँपालिका वडा नं. ९ मा अवस्थित सुप्रसिद्ध धार्मीक स्थल दोगाड मन्दिरमा पूजाआजा गरे आटेको, सोचेको, चिताएको सबै मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा विशेष गरी बलि चढाइन्छ र पूजाआजा गर्ने चलन रहिआएको छ ।

उक्त मन्दिरमा पूजाआजा गर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बाट समेत पूजाआजा गर्ने घुइँचो रहदै आएको छ।
यदि तपाइहरु पनि सिगास ९ मा अवस्थित दाेगाडा मन्दिर गेट तथा सिढि निर्माणमा सहयोग गर्न चाहनुहुन्छ भने निम्न खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिन्छ।
Surya Bahadur Bohara
AC-agricultural Development bank (0826604003192015)
Globle ime bank(01907010012786)
Contact-9863529191
Rays Nepal Sigas Baitadi


