आजको मौसमी विवरण: उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सँगै तराईमा हुस्सु लाग्दै

काठमाडौं: अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले गरेको छ।

 

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।  महाशाखाका अनुसार तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको छ।

Loading...