यहाँ दुनिया आफ्नै स्वार्थमा……..

यहाँ दुनिया आफ्नै स्वार्थमा रमाएको छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ

 

इन्द्रेणिको सातै रंग प्यार माग्दै हिडछन
जुन तारा सबै धर्तिबाट देखिन्छन

 

हृदयलाई साथि राखि तिम्रो छेउमा पुग्न गाह्रो छ
मनले चाहेको माया पाउन गाह्रो छ

 

तिमिलाई आफ्नो सम्झि अंगाल्न खोजेको हुन्छु
लज्जाएर तिमि भागेर जान्छौ अनेक कल्पना गर्छु

तिमि आयौ भेट गर्‍यौ प्यार गर्छौ भन्न गाह्रो छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ

 

यहाँ दुनिया आफ्नै स्वार्थमा रमाएको छ
मन देखि माया गर्ने मान्छे पाउन गाह्रो छ

 

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Loading...