बाहुबली सुपरस्टार प्रभासले भने सलमान खानले विहे गरेपछि मात्रै म विबाह गर्छु

काठमाडौँ : बलिउडमा विबाहको कसैको कुरा आयो भने सलमान खानलाई पहिला सम्झिन्छ । अहिले त अविबाहित कलाकारहरुलाई कहिले विबाह गर्ने भनेर सोधियो भने सलमान खानले विहे गरेपछि मात्रै म विबाह गर्छु भन्नेसम्मका उत्तसरहरु आउने गरेका छन् ।

बाहुबली स्टार प्रभासलाई हालै एक टक शोमा उनको प्रेम जीवन र विबाह कहिले गर्ने भनी सोधिएको प्रश्नमा उनले सलमान खानले विवाह गरेपछि मात्रै विवाह गर्ने बताएका छन् । यति भनिसकेपछि उनी चर्को स्वरमा हाँसे ।

प्रभासको नाम लामो समयदेखि नायिका क्वीन कृति सेननसँग जोडिदै थियो। प्रभास र कृतिको विवाहको खबरले पनि निकै चर्चा पायो। तर अभिनेत्रीले यसलाई अफवाह मात्र भन्दै प्रभाससँगको सम्बन्ध तोडिन्। यी सबै हल्लाका बीच प्रभासले सलमान खान ५९ वर्षका भइसकेका छन् तर उनले अहिलेसम्म विवाह नगरेको तर्क दिएका छन् । नन्दमुरी बालकृष्णको ओटीटी टक शो अनस्टपबल २ मा प्रभासलाई उनको व्यक्तिगत जीवनको बारेमा धेरै प्रश्नले घेरिए उनी ।

केही दिन अघि प्रभास र कृति सेननको लिंकअपको खबर पनि आएका थिए । एक रियालिटी शोमा वरुण धवनले प्रभाससँग कृतिको नामको बारेमा कुरा गरेका थिए । फ्यानले प्रभास र कृतिले आफ्नो सम्बन्ध सार्वजनिक गर्ने अनुमान गरेका थिए तर कृतिले सामाजिक सञ्जालमा पोस्ट गरेर यी सबै हल्लाको अन्त्य गरिन् । यसबाहेक वरुणले आफूले भनेका कुराको स्पष्टीकरण पनि दिएका थिए ।

प्रभास र कृति सेननको जोडी अर्को वर्ष आउने फिल्म आदिपुरुषमा देखिन लागेका हुन् । उनीहरुको लिंकअपको खबर यही फिल्मको सेटमा आएको हो । ओम राउतको निर्देशनमा बनेको यो फिल्म १६ जुन २०२३ मा रिलिज हुनेछ । फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंहको महत्वपूर्ण भूमिका रहेको छ ।

यो पान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको बजेट करिब ५०० करोड रहेको भारतीय मिडियाल े उल्लेख गरेका छन् ।

Loading...