अतरिया गाेलीकाण्ड घटनामा सलग्नलाई पक्राउ गर्न सुनचाँदी ब्यवसायीकाे माग
धनगढी:कैलालीका सुनचाँदी ब्यवसायी विकास स्वर्णाकारमाथी गाेली प्रहार गर्ने घटनामा सलग्नलाई अबिलम्ब पक्राउ गर्न सुनचाँदी ब्यवसायीहरुले माग गरेका छन् ।
सुनचाँदी ब्यवसायी आबद्ध विभिन्न संघसंगठनले सुयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गाेली प्रहार गर्नेलाई पक्राउ गरि कडा कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरेका छन् ।


अस्ती बेलुकी पसल बन्द गरि घरतर्फ जाँदै गरेका विकासमाथी अतरिया बजारकाे पूर्वीराेड सशस्त्र प्रहरी क्याम्प अगाडि गाेली प्रहार गरि घाईते तुल्याएकाे र हतियारधारी समुहले करिव ३० ताेला बराबरका सुनका गरगहना र नगद २ लाख सहित ब्याग लुटपाट गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यसरी ब्यवसायी स्वर्णाकारमाथी गाेली प्रहार गर्ने समूह अहिले सम्म पक्राउ नपर्दा सम्पूर्ण ब्यवसायीले असुरक्षित भएकाे महसुस गरिरहेका छन्, हामी ब्यवसायीहरु सुरक्षा प्रत्याभुतीकाे माग गर्दछाै भनिएकाे छ ।




सुनचादी ब्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनार, कैलाली आभुषण सुनचादी ब्यवसायी संघका अध्यक्ष कमलप्रसाद लामिछाने, सुनचादी ब्यवसायी महासंघका सुप प्रदेश सचिव रुपक सुनार, महाकाली सुनचादी ब्यवसायी संघ कचनपुरका अध्यक्ष लक्ष्मण सुनारद्धारा हस्ताक्षेरित सयुक्त विज्ञप्तीमा गाेली प्रहारकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख गर्दै ब्यवसायीहरुले उक्त घटनाकाे कडा शब्दमा भत्सर्ना गरेका छन् ।


घाेडाघाेडी नगरपालिका १ बस्ने स्वर्णाकारकाे अतरिया बजारमा सुनचाँदी कारखाना पसल रहेकाे छ। प्रहरीका अनुसार विकासमाथी माेटरसाईकलमा सवार दुई जनाकाे समूहले गाेली प्रहार गरेकाे थियाे । घटनामा सलग्नहरुकाे खाेजी कार्य भईरहेकाे छ ।

