बैतडी शिक्षक मृत्यु प्रकरणः पाटनका विद्यालय बन्द

बैतडी: बैतडीको पाटन नगरपालिका ६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्यु शंकास्पद रहेकाे भन्दै पाटनका सबै विद्यालय आज बन्द गरिएका छन् । बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले विद्यालय बन्दको घोषणा गरेका हुन् ।

शिक्षक बिष्ट मृत फेला परेको तीनदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ ।

 

गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए । विष्टकाे मुख र शरिरमा चाेट रहेकाेले हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन् ।

यता बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक याेगेश खत्रीले घटनाकाे सूक्ष्म अनुसन्धान थालिएको बताउनुभयाे । शनिबारदेखि आफैं अनुसन्धानका लागि खटिएको,अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर साेधपुछ पनि गरिराछाैं। अनुसन्धानकै क्रममा रहेकाले सबैकुरा खुलाउन नमिल्ने खत्रीकाे भनाइ छ ।

Loading...