कैलालीको धनगढीमा गोली चल्यो, १ जना घाइते

धनगढी:

कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको जुगेडामा गएराति दुई राउण्ड गोली चलेको हो ।

गोली लागेर एक जना स्थानीय घाइते भएका छन् । प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो ? भन्ने खुलेको छैन । चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर एक जना घाइते भएको बताए ।

 

Loading...