सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुन–चाँदीको मूल्य आज भने सामान्य घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Loading...