कैलालीको चुरे गाउँपालिका- ५ का जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्मल वितरण
अत्तरिया : कैलालीको चुरे गाउँपालिका – ५ का जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्मल वितरण गरिएको छ । मंगलबार वडा कार्यालयले १ सय ७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कम्मल वितरण गरेको हो ।
वडाध्यक्ष विर बहादुर धामिले जाडोको समय शुरु भएसंगै जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्मल वितरण गरिएको बताए ।
वडा नम्बर ५ का वडाध्यक्ष धामिको अध्यक्षतामा भएको सम्मान तथा कम्बल वितरण कार्यक्रममा वडा सदस्य दुर्गा अर्खोली, मंगल धामी, भावना देबी खत्री लगायत स्थानीयको उपस्थिती रहेको थियो । जेष्ठ नागरिक सम्मान तथा कम्मल वितरण कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र बोहराले गरेका थिए ।




