बैतडीमा शिक्षक मृत्यु प्रकरण:संघर्ष समिति गठन,CIB को टोली पाटन

बैतडी:

जिल्लाको पाटन नगरपालिका ०६ मा मृत भेटिएका शिक्षक धनबहादुर बिष्टको घटनाको सत्यतथ्य छानबीन र न्यायका लागि संघर्ष समिति गठन गरिएको छ।आज मङ्गलबार पीडित परिवार, शिक्षक,विद्यार्थी लगायत,स्थानीयको आज बसेको भेलाले लिला बिष्ट संयोजक र सहसंयोजकमा सिलंगा माविका प्रधानाध्यापक लक्ष्मण बोहरा रहने गरी ४१ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरेको हो।

आज गठित संघर्ष समितिले आफ्ना चरण बद्व आन्दोनका कार्यक्रमको योजना र निर्णहरु गरेका छन्।
•मृतक शिक्षक प्रकरणमा सत्यतथ्य छानबीन र उहाँको न्यायका लागि शान्तिपूर्ण धर्ना दिने कार्यक्रम लाई निरन्तरता दिने,
•पाटन नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरु भोलि(बुधबार)बन्द रहने,
•पाटन नगरपालिकामा ज्ञापन पत्र बुझाएर तालाबन्दी गर्ने,
•भोलिदेखि अर्को निर्णय नभए सम्मका लागि यातायात बन्द गर्ने
लगायतका निर्णय गरेको संघर्ष समितिकि संयोजक लिला बिष्टले बताइन्।उनका अनुसार घटनाको विरोधमा पाटन नगरपालिका क्षेत्र भित्रका सबै बजारहरु बन्द गर्ने निर्णय समेत भएको बताए|

•के भन्छ प्रहरी प्रशासन:
घटनाको अनुसन्धानमा नेपाल प्रहरी बल सुरु देखिनै लागिरहेको छ।उक्त घटनाको थप अनुसन्धानका लागि आज मात्रै पाटन पुगेको सीआइबीको टोलीले अनुसन्धान शुरु गरिसकेको छ।उक्त घटनामा सीआइबीको टोली र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ।घटनाको बिषयमा सोधपुछका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको र थप अनुसन्धान गरि छिट्टै घटनाको सत्यतथ्य छानबिन गरिने प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिका ०२ ग्वानी घर भई बिगत लामो समय देखि कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्टको गए शनिबार कृष्ण माविकै छात्रवास पछाडि करिब ३० मिटरको दुरीमा मृत अवस्थामा सब फेला परेको थियो।

यो पनि पढ्नुहोस्:

शिक्षक बिष्टको न्यायका लागि शिक्षक बिद्यार्थी आन्दोलित,

•कस्तो थियो घटनाको प्रकृति,यो पनि पढ्नुहोस्:

Loading...