आगामी पुष १४ गतेबाट कैलालीमा भादा महोत्सव हुने

कैलाली: कैलालीमा भादा महोत्सव हुने भएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले भादा यहि पुस १४ देखि १७ गते सम्म महोत्सव सञ्चालन गर्ने भएको हो।

‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७९’ सञ्चालन गरिने समितिले जनाएको छ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिए। उनले महोत्सको तयारी भइरहेको बताउँदै महोत्सव आयोजनाका लागि विभिन्न कमिटीहरु समेत गठन भईसकेको बताए।

थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आईरहेको संयोजक चौधरीले बताए।थारु होमस्टे गाउँ भादामा २०६८ सालदेखि महोत्सवको आयोजना हुँदै आईरहेको छ।

Loading...