शिक्षक मृत्यु प्रकरणः साेधपुछका लागि ११ जना नियन्त्रणमा,

सीआइबीको टोली पनि पुग्यो

बैतडीः बैतडीकाे पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर बिष्ट मृत्युकाे अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएकाे छ । मृत अवस्थामा फेला परेका विष्टकाे हत्या हाे वा अन्य कुनै कारणले मृत्युु भएकाे हाे भन्ने कारण खुलेकाे छैन्।

घटनाको अनुसन्धानका लागि शिक्षक, विद्यार्थी र केही स्थानीयलाई घटनाबारे साेधपुछका लागि नियन्त्रणमा लिइएकाे हाे । नियन्त्रणमा लिएका उनीहरूकाे परिचय खाेलेकाे छैन्।


सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्ट गएको शनिबार दिउँसो विद्यालयकाे छात्रावास नजिकै मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिले सम्म शव बुझ्न मानेका छैनन् । यद्यपि शवको पोष्टमार्टम भने गरिसकिएको छ ।

यसैबीच घटनाको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली पनि पाटन पुगेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयाे ।


सीआइबीको टोलीले बैतडी प्रहरीसंग मिलेर घटनाको संयुक्त रुपमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ ।
गत शुक्रबार कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट भोलिपल्ट शनिबार छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए ।

यता शिक्षक बिष्टको हत्या भएको भन्दै दाेषीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै आफन्त,शिक्षक विद्यार्थीले जिल्लामा आन्दोलनका कार्यक्रम शुरू गरेका छन् ।मंगलबार सडकमै टायर बालेर दशरथचन्द राजमार्गका विभिन्न ठाउँमा अवरुद्ध पारेका हुन्। साथै खाेडपे बजार र पाटन नगरक्षेत्रका विद्यालय पनि बन्द गरिएका छन् । बुधबार पनि आन्दोलनका कार्यक्रम जारी रहने जनाएका छन्।

प्रहरीले भने आन्दोलनका कार्यक्रम स्थगित अनुसन्धानमा सघाउन आग्रह गरेकाे छ ।

Loading...