बाजुराको त्रिबेणीका वडा अध्यक्ष निलम्बन, यस्तो छ कारण

बाजुरा: बाजुराको त्रिबेणी नगरपालिका – ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेपछि उनी निलम्बनमा परेका हुन ।

वडा अध्यक्ष अयडी थुन चेक आदेश मार्फत कारागार पठाएपछि उनी वडा अध्यक्ष बाट स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिबक्ता गुरु प्रसाद वाग्ले बताए ।

जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले भने वडा अध्यक्षलाई थप अनुसन्धानका लागि कारागार पठाइसकेकाले उनी अहिले निलम्बनमा परेको वताए । भोली सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा स्वतह निलम्बन फुकुवा हुने पाण्डेले वताए ।

मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।

Loading...