समुन्नत भविष्य निर्माणका लागी भोली कैलालीको अत्तरियामा तालिमको आयोजना हुदै
अत्तरिया: कैलालीको अत्तरियामा समुन्नत भविष्य निर्माणका लागी तालिमको आयोजना गरिने भएको छ । बुधबार त्रिनयन नेपालले युवाहरुलाई समुन्नत भविष्यको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा ‘क्रियट सेल्फ लभ फर योर बेटर क्यारियर’ शिर्षकमा तालिम आयोजना गर्ने भएको हो ।


त्रिनयनका अध्यक्ष जय बहादुर धामीले पछिल्लो समय युवापुस्तामा मौलाएको आत्महत्या, डिप्रेशन लगायतका समस्याहरुलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको बताए । उनले तालिमले मानिसले सबभन्दा पहिले आफुलाई माया गर्नुपर्ने भन्ने विषयमा जाड दिने बताए ।




‘पछिल्लो समय बढी जसो युवापुस्ताहरुले सानो सानो कारणमा पनि आत्महत्या गर्ने गरेका छन’ उनले भने ‘मानिसले आफ्नो शरिरलाई माया गरे मात्रै भविष्यमा केही उत्कृष्ट गर्न सकिन्छ भन्ने कुराको जानकारी युवाहरुमा दिलाउन तालिम आयोजना गर्न लागेका हौ ।’ उनले तालिमको मुख्य प्रशिक्षकको रुपमा गणेश ढुंगाना रहने बताए । भोलि बिहान ९ बजे अत्तरियामै रहेको होटल नमस्तेमा तालिमको आयोजना हुने उनले बताए ।


त्रिनयनले यस अघि पनि युवा तथा विद्यार्थीहरुलाई उपयोगी हुने खालका विभिन्न तालिमहरुको आयोजना गरिसकेको छ ।


