अत्तरियाको घट्ना सेलाउन नपाउदैं धनगढीमा चल्यो गोली, एक घाईते

धनगढी ः कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको तेस्रो दिन मंगलबार बिहान धनगढीका स्थानीयको घरमा चोरी गर्न पसेको डाँकाहरुको समूहले फायरिङ गरेको छ । धनगढी उपमहानगरपालिका–९ शिवरामनगरका स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएको समूहलाई छरछिमेकी मिलेर लखेट्ने क्रममा उक्त समूह फायरिङ गर्दै भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । त्यसअघि घरभित्र पसेको उक्त समूह र प्रजापतिबीच झडपसमेत भएको थियो । प्रजापतिको ढाडमा चोट लागेको छ ।

‘चोरी गर्न पसेको समूहसँग प्रतिकार गरेपछि हवाइ फायरिङ गर्दै उक्त समूह भागेको बुझिएको छ,’ प्रवक्ता जोशीले भने, ‘स्थानीयले भनेको घटनास्थलमा गोलीका खोका पनि भेटिएका छन् ।’ उक्त समूह सीमापारि भारतबाट आएको हुन सक्ने अनुमान रहेको प्रहरीको भनाइ छ ।

Loading...