राष्ट्रपति र प्रधानमन्त्री पदमा भागबाण्डा गर्ने बिषयमा प्रचण्ड–नेम्वाङ बीच छलफल, के टुट्ला त गठबन्धन ?
काठमाडौं : आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।


शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ ।




यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठनबारे छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए ।


सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद भागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेता नेम्वाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ । भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।



