कैलालीको गोदावरी -७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते,१ को अवस्था गम्भीर

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते भएका छन ।

पुर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा अटोमा सवार स्थानीय १ महिला र ३ बर्षिय बालक भरत ठकुल्ला घाइते भएका छन ।

घाइते बालकको अवस्था गम्भीर रहेको र उनको उपचारको लागि धनगढी पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा रहेको र , बिस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Loading...