संसदीय दलको नेताको प्रतिस्पर्धी रहेका शेरबहादुर र गगनले गरे मतदान
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको छ ।


दलको नेता बन्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उम्मेदवार छन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले मतदान गरि सकेका छन् । संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।






