शिक्षक बिष्ट मृत्यु प्रकरण:आन्दोलनको तेस्रो दिन,पाटन नगरपालिकामा तालाबन्दी

बैतडी:

जिल्लाको पाटन नगरपालिका ०६ मा मृत भेटिएका शिक्षक धनबहादुर बिष्टको घटनाको सत्यतथ्य छानबीन र न्यायका लागि आज आन्दोलनको तेस्रो दिन संघर्ष समितिले बिहानै सडक(दशरथचन्द राजमार्ग) बन्द सङ्गै पाटन नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।हिजो मङ्गलबार गठित संघर्ष समितिले पुर्ब बिज्ञप्ति निकाल्दै आज यातायात ठप्प रहने गरि बिहानै अनिश्चितकालीन बन्द गरे सङ्गै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

शिक्षक बिष्ट मृत भेटिएहिको पाँचौ दिन बितिसक्दा समेत स्थानीय सरकार मौन रहेको भन्दै तालाबन्दी गरिएको संयोजक बिष्टले बताए।उनका अनुसार संघर्ष समितिले आफ्ना चरण बद्व आन्दोनका कार्यक्रम र निर्णहरु अनरुप पाटन नगरपालिका लाई ज्ञापन पत्र बुझाएर तालाबन्दी गरेको जनाए।

आज आन्दोलनको तेस्रो दिन सुर्नया गाउँपालिका ०२ ग्वानी घर भई बिगत लामो समय देखि कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्टको संकास्पद मृत्युु भएकाले उनको न्यायोचित ढङ्ग बाट हत्या गरिएको भन्दै न्यायका लागि आफन्त,शिक्षक तथा बिद्यार्थीहरु आन्दोलित बनेका छन्।

•बैतडीमा शिक्षक बिष्ट मृत्यु प्रकरण:संघर्ष समिति गठन,
CIB को टोली पाटन

बैतडीमा शिक्षक मृत्यु प्रकरण:संघर्ष समिति गठन,CIB को टोली पाटन

•शिक्षक बिष्टको न्यायका लागि शिक्षक बिद्यार्थी आन्दोलित,यो पनि पढ्नुहोस्:

बैतडीमा मृत भेटिएका शिक्षक बिष्टको न्यायका लागि विद्यार्थी आन्दोलित

•कस्तो थियो घटनाको प्रकृति,यो पनि पढ्नुहोस्:

बैतडीको पाटनमा एक जना शिक्षक मृत अवस्था फेला,घटनाको अनुसन्धान हुदै

 

Loading...