कैलालीको राष्ट्रिय वाणिज्य बैंक अत्तरिया शाखाको एटिएम दिउँसै बन्द

अत्तरिया: राष्ट्रिय वाणिज्य बैंक अत्तरिया शाखाको एटिएम दिउँसै बन्द भएको छ । बुधबार दिउँसो करिब साढे १२ बजेको समयमा नै बैंकको एटिएम बन्द अवस्थामा रहेको छ ।

सेवाग्राहीहरुलाई अत्यावश्यक परेको खण्डमा निकाल्नका लागी सहज होस भन्ने हेतुले राखिने एटिएम दिउँसै बन्द हुँदा सेवाग्राहीलाई भने समस्या भएको छ । बैंकहरुले २४सै घण्टा खुल्लै राख्नुपर्ने एटिएम दिँउसै बन्द हुँदा पैसा निकाल्न गएका सेवाग्राहीहरुले रित्तो हात फर्कनुपर्ने अवस्था सृजना भएको हो ।

यता बैंकले भने एटिएम बिग्रिएको र मर्मतको काम चलिरहेको जनाएको छ । बैंकका मेनेजर जित जंग सिँहले अन्य दिन खुला राखिने गरेको भएपनि विग्रिएकाले आज भने बन्द रहेको बताए । ‘अरु दिन त सधै खुलै राखेका हुन्छौ, दैनिक २० लाख जति एटिएमबाट मात्रै निस्किएको हुन्छ’ उनले भने ‘आज मेसिन बिग्रिएकाले मर्मतका लागी बन्द गरेका हौ ।’

उनले एटिएम मेसिन पुरानो भएकाले पटक पटक मर्मत गरिरहनुपर्ने अवस्था रहेको बताए । ‘पुरानो मेसिन हो, समय समयमा मेन्टेनेन्स गर्नुपर्छ । नयाँ मेसिनका लागी माग गरेका छौ, केन्द्रबाट अब कहिले पुग्छ’ उनले भने ।

Loading...