कैलालीको हरैयामा स्थानिय र प्रहरी बिच झडप ९ राउण्ड अश्रुग्यास प्रहार, बिहानै देखि सवारी साधन ठप्प

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा स्थानिय र प्रहरी बिच झडप भएको छ । बुधबार बिहान पुर्वबाट पश्चित तर्फ आइरहेको टिप्परको ठक्करबाट अटोमा सवार ३ बर्षिय बालक भरत ठकुल्लाको मृत्यु भएपछि स्थानियले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउन खोज्दा झडप भएको हो ।

झडपमा ३९ राउण्ड अश्रुग्यास प्रहार भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरी निरिक्षक बासुदेव भट्टले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गर्दा स्थानियहरुले ढुंगामुढा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको बताए । उनले अहिले वार्ता भैरहेको र केही समयमा नै निस्कर्ष निस्किने बताए ।

सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई टिप्परले ठक्कर दिदा अटोमा सवार गोदावरी नगरपालिका – ७ हरैया बस्ने बर्ष २९ कि पेन्टि ठकुल्ला र उनका छोरा भरत घाइते भएका थिए । घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

Loading...