कञ्चनपुरमा नाबालिका छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा नाबालिका छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन । आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्कारको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ ।

Loading...