कैलालीको धनगढीमा १ साताका लागि बिहान ८ देखि बेलुकी ४ बजे सम्म विद्युत अवरुद्ध हुने (सूचना सहित)

अत्तरिया: कैलालीको धनगढीमा १ साता सम्म दिनको समयमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । निर्माणाधिन सडकमा विद्युतीय संरचना स्थानान्तरणका लागि पौष ७ गते देखि पौष १३ गते सम्म बिहान ८ बजे देखि साँझ ४ बजे सम्म विद्युत अवरोध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी उपमहानगरपालिकाको कार्यालय देखि निर्माणाधिन चटकपुर चोक देखि पश्चिम रिङ्गरोड सम्मको सडकमा रहेका विद्युतीय संरचना हटाउन राजपुर फिडरको विद्युत लाइन अवरुद्ध हुने जनाएको छ ।

Loading...