कैलालीको हरैयाँमा अबरुद्ध गरेको राजमार्ग सुचारु
अत्तरिया: कैलालीमा बुधबार बिहान भएको दुर्घटना पछि अवरुद्ध सडक सुचारु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका – ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदाँ ३ बर्षीय ३ बालक भरत ठकुल्लाको मृत्यु पछि अवरुद्ध भएको सडक दिउँसो देखि सुचारु भएको हो ।


ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्टले पीडिप पक्षलाई क्षतिपुर्ती दिने, घाइतेको उपचार गर्ने र दुर्घटनामा परेको अटो बनाउने सहमती पछिट सडक सुचारु भएको बताए ।




यसअघि प्रहरीले बल प्रयोग गरेर सडक अवरुद्ध हटाउन खोज्दा प्रहरी र आन्दोलिन स्थानीय बीच झडप समेत भएको थियो । झडपमा ३९ राउण्ड अश्रुग्यास प्रहार भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई टिप्परले ठक्कर दिदा अटोमा सवार गोदावरी नगरपालिका – ७ हरैया बस्ने बर्ष २९ कि पेन्टि ठकुल्ला र उनका छोरा भरत घाइते भएका थिए । घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते पेन्टि ठकुल्लाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।



