सुदूरपश्चिम महोत्सव २०७९ सम्पन्न
धनगढी ः धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०७९ सम्पन्न भएको छ । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धिू भन्ने मुल नाराका साथ मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पौष ५ गते सम्पन्न भएको हो ।


महोत्सवको करिब ५ लाख दर्शकहरूले अवलोकन गरेको आयोजक प्रचार प्रसार सँयोजक मनोज अग्रवालले जानकारी दिए । उनले महोत्सवमा करिब साढे ७ करोडको कारोबार भएको जानकारी दिए ।




महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति दिएका थिए । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूको महोत्सवमा राम्रो कारोबार भएको प्रचार सँयोजक अग्रवालले जानकारी दिए । उनले महोत्सवले स्थानीय स्तरमा पाइने वस्तुहरूको बजारीकरणमा प्रमुख भूमिका खेलेको समेत बताए ।मंसिर २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महोत्सवको समापन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् ।




