बैतडीको मेलौलीका गोरख चन्द बाजुराको दुर्गम सरकारी स्कुलमा पढाउदै गर्दा युनिभर्सिटी गोल्ड मेडल पाए

धनगढी : सरकारी स्कुल राम्रो पढाई हुन्न । छोराछोरीलाई सरकारी भन्दा निजिमै पढाउन कमजोर परिवार पनि आर्थिक जोहोतोहो गरेर निजिमै पढाउनेको जमात पनि धेरै छ । उनिहरु सरकारी स्कुलमा भन्नेबित्तिकै पढाउन हिच्किचाउने वा डराउने गर्दछन्। तर केही विद्यार्थी सरकारी स्कुलमै पढेर युनिभर्सिटी टप गरेका छन् भने मुख्य नेतृत्वमा सरकारी स्कुलमा पढेका विद्यार्थी नै देख्न सकिन्छ ।

मेलौली नगरपालिका -४ तिताबै घर भएका गोरख चन्द सरकारी स्कुलमै अध्ययन गरे । सरकारी स्कुलमा उत्कृष्ट नतिजा निकालेपछि उनी स्नातक तहमा युनिभर्सिटी टपर बन्न सफल भए ।

समान्य परिवारमा हुर्केका गोरख युनिभर्सिटी टप निकाल्नु चानचुन थिएन् । बुवा रन्जित चन्द र आमा भागरती चन्दका कान्छा छोरा हुन् । उनका जेठो दुई वटा दाई र कान्छो उनी हुन् । घरायसी अवस्था कमजोर भएका कारण दुवै दाजुहरू पढाई छोडेर भारत नोकरी गर्छन् भने आमाबुबा गाउँमा खेतीकिसानी गरेर जिविको पार्जन गर्दछ्न । घरखर्च चलाउन कठिन भैरहेको बेला छोरालाई राम्रो स्कुलमा पढाउने आमाबुबाको क्षमता नै थिएनन् ।

दुई छोरा स्कुल पढाउन नसकेको त्यो परिवारले कान्छो छोरो गोरखलाई सरकारी विद्यालयमै पढाए । उनको औपचारिक शिक्षा गाउँकै मेलौली नगरपालिका – ४ तिताबै ग्वालेक प्राविबाट प्रारम्भ गरे । २०६३ सालमा विजयपुर मावि तिताबैबाट एसएलसि पास गरे । भने कक्षा १२ पनि २०६६ सालमा बिजयपुर मावि तिताबै बाट उत्कृष्ट नतिजा ल्याउदै उच्च शिक्षा पढाई पूरा गरे ।

आर्थिक अवस्था कमजोरका बाबजुद पनि परिवारले कक्षा १२ सम्म सरकारी विद्यालयबाट जेनतेन पढाईको जोहो गरे । कक्षा १२ सम्म सबै कक्षामा प्रथम स्थानमा नतिजा निकाले । कक्षा १२ को पढाई पश्चात स्नातक तहको अध्ययन गर्न छोरालाई घरबाहिर पठाउनु पर्ने भएपछि उक्त परिवारलाई थप चिन्तित बनायो कसरी आर्थिक जुटाउने भनेर । स्नातक पढाई गर्न परिवारले नसक्ने अवस्था देखेपछि गोरखले कञ्चनपुरकै नीजि विद्यालयहरुमा शिक्षण गर्न सुरुवात गरे ।

शिक्षणसँगै उनले कुमाउँ विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए. सम्मको अध्ययन पनि गरे । शिक्षणसङ्गै अध्ययन निरन्तरता दिए । अध्ययनकै समयमा महेन्द्रनगरका ध्रुवतारा, लिटिल स्टार, युनाइटेड, ज्ञानवाटिका लगायतका नीजि विद्यालयहरुमा गणित र कम्प्युटर शिक्षकका रुपमा करीब सात-आठ वर्ष शिक्षण गरे ।

त्यसैगरी, उनले सरकारी तर्फ महेश्वर मा.वि.मा एक वर्षजति कम्प्युटर शिक्षकका रुपमा काम गरे । उनमा अध्ययन गर्ने रुचि छुटेन । उनी सुदुरपश्चिम विश्वविद्यालयमा बिएड सिएसआईटि भर्ना भई पुर्ण छात्रवृतीमा ३.९७ सिजिपिए का साथ स्नातक तह उतिर्ण गरे । त्यसपछि उनी गृह मन्त्रालय, राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत कम्प्युटर अपरेटरका रुउनि करारमा जागिर पनि गरे ।

सुदुरपश्चिम विश्वविद्यालयमा मास्टर्समा कम्प्युटर साइन्स को पढाइ नहुने भएपछि Special Needs Education (M.Ed.) मा विश्वविद्यालयको पुर्ण छात्रवृति तथा कोरियन युनिभर्सिटीको छात्रवृति समेत पाई उच्च ग्रेडमा उतिर्ण भए । उनी मास्टर्ससम्म पढ्दा सधैं आफ्नो कक्षामा प्रथम नै भए । सुदुरपश्चिम विश्वविद्यायमा अध्ययनका क्रममा TALENT HUNT प्रतियोगितामा बिजेता भई Mr. Education Faculty बन्न सफल भए ।

उनी सुदुरपश्चिम विश्वविद्यायको दोस्रो दिक्षान्त समारोहमा स्नातक तर्फ युनिभर्सिटी टपरका रुपमा उपकुलपती पदक (Vice Chancellor Medal) तथा संकाय टपर भए । उनले स्वर्ण पदक (Gold Medal) प्राप्त गरे ।

नेपालबाट उत्कृष्ट विद्यार्थी महिनाको सरदर ३ हजार अर्थात दैनिक १ सय विद्यार्थी अध्ययन र राम्रो कमाईका लागि विदेशिन्छन् । तर गोल्ड मेडालिष्ट गोरख चन्द भने बिदेशको त्यो बाटो नहेरी नेपालमै काम गर्ने सोच बनाए । सरकारी स्कुलको मास्टर शिक्षक लोक सेवाको तयारीमा लागे ।

अध्ययन सकेपछि गोरख निजामती कर्मचारी आवासिय विद्यालय राजपुर डोटीमा पढाउदै गर्दा शिक्षक सेवा आयोगको सुदुरपश्चिम प्रदेशको कम्प्युटर विज्ञान बिषयमा नाम निकालेर कम्प्युटर विज्ञानको एकल शिक्षकका रुपमा बाजुराको त्रिवेणी नगरपालिका -९ रत्न माध्यमिक विद्यालयमा नियुक्ति भएका छन्। अहिले उनी उक्त स्कुलमा नियुक्ति लिएर शिक्षण गराइरहेका छन् ।

शिक्षक हरेक समाजको निर्माता हो । शिक्षकले समाजका थुप्रै बालबालिकाहरूलाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील, इमान्दार र योग्य व्यक्ति बन्न प्रेरित गर्ने भएकोले अब यो शिक्षण क्षेत्रबाट राष्ट्रका लागि सेवा गर्ने उनले बताए ।

उनी अध्ययनसंगै विभिन्न साहित्यीक प्रतियोगितामा पनि प्रथम स्थान हुने गरेका थिए । उनी साहित्यिक लेख, रचना, गजल, मुक्तक प्रकाशित गर्नुका साथै साहित्यीक सस्थाहरुमा आवद्ध रहेका छन् ।

Loading...