‘छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक, अभिनेता दिपकराज गिरीको यस्तो लूक्स
काठमाडौं: ‘छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकमा अभिनेता दिपकराज गिरी फरक रुपमा प्रस्तुत भएका छन् ।


केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलिना जोशी लगायत अन्य कलाकारहरुको अभिनय छ ।




फागुन २१ लाई रिलिज मिति तोक्दै निर्माण टिमले पोस्टर रिलिज गरेका हुन् ।




