घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसमी विवरण, आजका लागि तराईमा बाक्लो हुस्सु सँगै हिमाली भेगमा हिमपात
हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।


आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।




तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




