कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश बन्न लागेको सरकारको मन्त्रीमण्डलमा सहभागी नहुने

काठमाडौं: नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ ।

कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताउनुभएको हो ।

थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताउनुभएको छ भने शर्माले पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेकाले पार्टीकै काम गर्ने बताउनुभएको छ ।

संसदीय दलको नेताको मतपरिणाम सार्वजनिक भएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै थापाले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पार्नुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Loading...