सन्दीपलाई बलात्कारको आरोप लगाएकी किशोरीको पहिलो जन्म दर्तामा १८ वर्ष पुगेको सरकारी कागजात फेला ! के होला त सन्दीपलाई ?
काठमाडौं: १७ वर्षीया किशोरीबाट बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको पेशी आजका तोकीएको छ । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार पुनरावेदनको सुनुवाइ आज रहेको छ । हाल केन्द्रीय कारागार सुन्धारामा रहेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।


धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेपछि १७ वर्षीया किशोरीले बलात्कारको आरोपमा सन्दीपले भने इन्कारी बयान दिँदै आएका बेला आरोप लगाउतने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको सन्दीपका कानून व्यवसायीले ति किशोरीको जन्म दर्तामा १८ वर्ष पुगेको सरकारी कागजात फेला परेको दाबी गरिएको छ । पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको कागज फेला परेको छ ।




जुन पत्र काठमाडौं जिल्ला अदालतमा पुगेको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरे बताउँछन् । अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाको पत्रमा स्पस्ट देखिएको सन्दीपका कानुन व्यवसायीको दाबी छ । उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको पाइएको छ ।
ओएस नेपाल बाट



