डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आले सपथ ग्रहण समारोहमा अनुसपस्थित

धनगढी: प्रतिनिधिसभामा डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांदस) प्रेम बहादुर आले सपथ ग्रहण समारोहमा अनुसपस्थित भएका छन । आफ्नी आमाको निधन भएका कारण बिहिबार भएको सपथ ग्रहण समारोहमा अनुपस्थित भएका हुन ।

सपथ ग्रहण समारोहमा आलेसहित ४ जना सांसद अनुपस्थित भएको संघीय संसद सचिवालयले जनाएको छ । अनुपस्थित हुनेमा नेकपा (माओवादी केन्द्र) का महिन्द्रराय यादव, राकुमार राई र नेपाली काँग्रेसका माया राई रहेका छन ।

सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाका अनुसार उनीहरुमध्ये प्रेमबहादुर आले आफ्नी आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् । यस्तै अरु सांसद पनि व्यक्तिगत समस्याका कारण अनुपस्थित भएका थिए ।

Loading...