सामाजिक संन्जालमा आलोचना सहित भाईरल भनेको ब्यानरमा त्रुटी भएकोभन्दै आयोजकले माग्यो माफी

धनगढी: कञ्चनपुरमा आयोजित एक कार्यक्रमको ब्यानरलार्इ लिएर चाैतर्फी आलोचना भएपछि आयोजकले माफी मागेकाे हाे ।

उक्त कार्यक्रमको आयोजकद्वन्द्वपीडित महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले त्रुटिवस ब्यानरमा न्यूनिकरण र रोकथाम शब्द छुट्न गएकोभन्दै माफी मागेकाे छ । पुस ६ गते देखि ८ गतेसम्मका लागि आयोजना गरिएको तालिम कार्यक्रमको ब्यानरमा ‘मानव बेचविखन तथा ओसारपसारसम्बन्धी तालिम’ लेखिएको थियो ।

 

जसको अर्थ मानवबेचविखन तथा ओसारपसार गर्न सिकाउने लाग्न जान्छ । जसको सामाजिक सञ्जालमासमेत चर्को आलोचना भएकाे थियाे। द्वन्द्वपीडित महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहराले ‘मानव बेचविखन तथा ओसार पसार न्यूनिकरण र रोकथामसम्बन्धी तालिम’ हुनुपर्नेमा प्राविधिक त्रुटिबस गल्ती भएको बताएकी हुन् ।

 

Loading...