सुदुरपश्चिमेली नेपाली समाज साइप्रस द्वारा मृगौला पिडित ईन्द शाहालाई आर्थिक सहयोग
धनगढी: आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका दुइ वटानै मृगौला पिडित २८ बर्ष ईन्द्र बहादुर शाहालाई सुदुरपश्चिमेली नेपाली समाज साइप्रस द्वारा रु २३ हजार ७ सय ५० सहयोग गरेको छ ।


विहिवार पिडितका घरमै पुगेर उक्त रकम हस्तान्तण गरेको सुदुरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर खड्काले वताए । पुर्खेली घर अछाम सिउडी चौरपाटी गाउँपालीका १मा र हालको बसाई धनगढी उपमहानगरपालीका २ शन्तोषीटोल रहेकको छ ।






