नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार बाट सम्मानित भए बोलन्या थलीका संयोजक यादव जोशी
धनगढी: बोलन्या थलीका संयोजक यादव जोशीलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ ।


नेपाल जेसीजको बिहीबार वीरगन्जमा सुरु भएको ४९ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनलाई सम्मानित गरिएको हो ।




कृषि पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै जोशीलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको हो । जोशीलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले संयुक्त रूपमा स्वर्णपदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।



